सिमरा,नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले चुनाव जित्नका लागि नेकपा एमालेकी उम्मेदवार सरस्वती देवी चौधरीमाथि निरन्तर तथ्यहिन प्रहार गर्न लगाएको तथ्य खुलेको छ ।

आफ्नों पार्टी निकटका केही सञ्चारगृह र पत्रकार प्रयोग गरेर माओवादीबाट जीतपुरसिमरामा मेयर पदका उम्मेदवार पौडेलले महिला उम्मेदवार चौधरीको चरित्र हत्या गरेर जनमत बटुल्न सक्रिय रहेको खुलेको हो ।

माओवादीका उम्मेदवार पौडेलले माओवादी निकट पत्रकालाई विषय दिएर समाचार लेख्न र त्यसलाई सम्प्रेषण गर्न लगाउने गरेको बताइएको छ । एमाले उम्मेदवार चौधरीलाई अख्तियारले सोधपुछका लागि पठाएको पत्र समाचार र सामाजिक सञ्जालमा ल्याएर मत बटुल्ने पौडेलको प्रयासलाई नगरबासीले रुचाएका छैनन् । अर्को उम्मेदवारको चरित्र हत्या गरेर आफ्नों पक्षमा जनमत बटुल्न थालेको भन्दै पौडेललेको चौतर्फी आलोचना हुन थालेको छ ।

निष्पक्ष रुपमा आफ्नों एजेण्डा लिएर चुनावमा जानु पर्ने भए पनि माओवादीका उम्मेदवार पौडेल एमालेका उम्मेदवारको चरित्र हत्या गर्ने र आफ्नों मत बढाउने रणनितिमा लागेको चर्चा स्थानीय स्तरमा भइरहेको छ ।

यसअघि सामाजिक सञ्जालमा आएको एउटा भिडियोमा माओवादीका उम्मेदवार पौडेलले वर्तमान नगर प्रमुख डा.कृष्ण पौडेललाई असफल बनाउन नगर प्रमुखकी उम्मेदवार चौधरी सहित एमाले नेता लागि परेको अभिव्यक्ति दिनुभएको थियो ।

पौडेलको उक्त अभिव्यक्ति एमालेभित्र फुट गराउने र आफ्नों पक्षमा मत बटुल्ने प्रयास रहेको एमाले नेता बताउछन् । माओवादी उम्मेदवार पौडेलमाथि एमालेको स्थानीय सरकारलाई असफल बनाउन प्रमुख भूमिका खेलेको आरोप लागेपछि आफ्नों बचाउ गर्दै एमाले नेतालाई दोषि देखाउनुभएको हो ।

यसअघि मत माग्ने क्रम मै माओवादीका उम्मेदवार पौडेलले वडा नं.३ मा खानेपानीको योजना माओवादीको मन्त्रीको पहलमा भएको भन्दै मत माग्नुभएको थियो । मत माग्ने क्रममा पौडेलले बोलेको उक्त अभिव्यक्ति पनि झुठो रहेको भन्दै स्थानीय स्तरमा उहाँको आलोचना सुरु भएको छ ।

राजनीतिक ठेकेदारले जीतपुरसिमरामा काम गर्न दिएनन् – उम्मेदवार चौधरी

सिमरा,नेकपा एमालेको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाकी नगर प्रमुखका उम्मेदवार सरस्वती चौधरीले राजनीतिका कथित ठेकेदारको दवावका कारण आफुले उपमहानगरमा जनअपेक्षाका काम गर्न नसकेको बताउनुभएको छ ।

आफुहरुले शिक्षा, स्वास्थको बारेमा नयाँ कार्यक्रम ल्याइरहदा केहि व्यक्तिले अवरोध गरेका कारण एमाले नेतृत्वको मेयर उपमेयरले काम गर्न असजिलो भएको स्पष्ट पार्नु भएको हो । उम्मेदवार चौधरीले नगरपालिकामा एमालेको बहुमत नभएको र एमालेको बिरुद्धमा बहुमत भएकाले आफुले वडा नं.३ मा हालेको बजेट कार्यन्वयनमा समेत अवरोध गरेको बताउनु भयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ को घरदैलोका क्रममा उहाँले आफुहरुले नगर कार्यपालिकाको बैठक बसाल्न लाग्दा कार्यपालिकामा आउने प्रस्तावलाई असफल पार्नका लागि माओवादीले अघिल्लो दिन नैं बसेर योजना बनाउने गरेको स्मरण गराउदै अबको स्थानीय निर्वाचनमा सबै वडा सहित मेयर उपमेयरमा जिताउन आह्वान गर्नुभयो ।

Leave a Reply