हुनत वीरगन्ज क्षेत्रको कुरा गर्ने हो भने नारायणी सहित यस आसपासका अस्पतालहरुमा दैनिक मानिसको मृत्यु भएको भन्ने खबर नआओस् भन्ने चाहना भएपनि संभव हुन सकेको छैन । चिकित्सकहरुले अथक प्रयास गर्दा पनि बिरामीहरुलाई बचाउन नसकेको बताएका छन् । वास्तवमा यतिबेला कोरोनाले गर्दा मुलुक अस्तब्यस्त बनाएको छ । नेपालमा मात्रै होइन सारा बिश्व नै कोरोना भाइरसका कारण आक्रान्त छ ।
यस्तो अवस्थामा मनदेखि नै आफ्नो सेवामा खटिने केही निकाय पनि छन् । सबैभन्दा पहिला त स्वास्थ्यकर्कीहरुकै कुरा आउने गर्दछ । डाक्टरमा भगवानको रुप हुन्छ भन्छन् । त्यसैले पनि मनदेखि नै सेवा भावले खट्ने डाक्टरहरुलाई जति सलाम गरेपनि कमै हुन्छ । डाक्टरको आवरणमा ठग्नेहरुलाई भने सलाम होइन कारकाही जति गरेपनि कमै हुन्छ ।
त्यसो त सजिलोसँग डाक्टरलाई कारबाही गर्ने निकाय खासै नेपालमा छैन । एकछिन धर्ममा बिश्वास गर्ने हो भने पापी र अधर्मी बढेका कारण पनि कोरोनाको महामारी आएको हो । त्यसैले आफ्नो पेसालाई पनि सेवा नसम्झनेले एकदिन नराम्रो नियति झेल्न पर्ने छ । यस्तो महामारीको समयमा घर परिवारबाट टाढै रहेर सेवामा समर्पित ती महान चिकित्सक सहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित पत्रकार समेतलाई सलाम ।