गाँजा फडानी गर्दै प्रहरी ।

कृपा संवाददाता
बारा – बारा प्रहरीले सोमबार विहान अबैध रुपमा लगाईएको डेढ विगाहे गाँजा खेती फडानी गरी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढ रा र अ.प्र.पोस्ट रतनपुरी संयूक्त टोलीले जिल्ला निजगढ न.पा.वडा नं.१२ रामथली र वडा नं.१३ भक्तलालमा अबैध रुपमा लगाईएको उक्त परिमाणको गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।

 

प्रहरीले सो क्षेत्रमा नियमित जसो गाँजा पडानी कार्य गर्दै आईरहेको जनाएको हाल सम्म २० विगाह भन्दाबढी क्षेत्रमा लगाएको गाँजा नष्ट गरिएको बाराका प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले जानकारी दिए । बारा प्रहरीले पछिल्लोे समय अबैध कारोबारमा कडाई गरिरहेको छ ।

Leave a Reply