कलैया,प्रहरी कारबाहीको जिल्ला प्रहरी कार्यालय बारा मातहतको प्रहरी टोलीले सोमवार ६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।प्रहरी चौकी बरियारपुरले महागढीमाई नगरपालिका वडा नम्बर ८ बस्ने अन्दाजी वर्ष ५५ की कंचन महारा, ईलाका प्रहरी कार्यालय अमलेखगन्जले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ बस्ने वर्ष ५५ को अबधकिशोर रौनियार भन्ने अबधकिशोर गुप्ता, सोही स्थान बस्ने वर्ष ५३ की बच्चु देबी रौनियार भन्ने बच्चि देबी गुप्ता, प्रहरी चौकी अमृतगंज खजानीको टोलीले सिम्रौनगढ नगरपालिका १ बैरिया बस्ने वर्ष ४० को बटखरी राय यादब, प्रहरी चौकी पिपरपातीले पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीका अन्दाजी वर्ष ६० का लालबहादुर मुखिया बिन र प्रहरी चौकी फतेपुरले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने वर्ष ४५ को सुरज राउत अहिरलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो ।

महागढीमाईका महराविरुद्ध जिल्ला अदालत बाराले नागरिकता सम्बन्धि मुद्दामा दोषि ठहर गरी जिल्ला अदालत बाराले ५ सय रुपैया जरिवाना गरेको हो भनेअमलेखगन्जका रौनियार विरुद्ध कुटपिट मुद्दामा १२५ रुपैया जरिवाना तोकेको
थियो ।त्यसैगरी अमृतगन्जका बटखरी र पचरौताका लालबहादुर मुुुखियाविरुद्ध अदालतले लागु औषध मुद्दामा २ वर्ष १० महिना ४ दिन कैद सजाय फैसला गरेको थियो । फत्तेपुरका सुरज विरुद्ध लुटपिट मुद्दामा अदालतबाट ९ हजार ६२ रुपैया जरिवाना फैसला भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply