अनिल तिवारी
सिमरा –  यातायात व्यवसायीहरुको छाता संगठन तराई यातायात ब्यवसायी संघ सिमरा बाराको फाल्गुन ३ गते शनिवार हुने निर्वाचनमा नयाँ कार्य समितिका लागि २ अध्यक्ष सहितको छुट्टाछुट्टै प्यानल निर्वाचनमा उत्रिने भएको छ ।  निर्वाचनका लागि यातायात व्यवसायी शंकरकुमार विष्ट र जगन्नाथ प्रसाद कलवारको प्यानलले १९ सदस्य नयाँ कार्यसमिति चयनका लागि छुटछुटै प्यानलको घोषणा गरेका हुन् ।

 

 

 

 

 

 

यसअघि सहमतिमा यस संघको १४ औ वार्षिक साधारण सभा तथा ५ औँ अधिवेशनवाट नयाँ कार्यसमिति चयन गर्ने भनिए पनि कुल सदस्यको बहुमत सदस्यहरु अनुपस्थिती भएपछि नयाँ कार्यसमिति चयन प्रकिया २ पटक स्थिगित भएको थियोे । शनिवार हुने निर्वाचनका लागि निर्वतमान महासचिवको शंकरकुमार बिष्टको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ढुङ्गेल, दक्षिण क्षेत्र उपाध्यक्ष– सुहैल अख्तर अंसारी, उत्तर तर्फको उपाध्यक्षमा वोधराज आचार्य (दिनेश), पुर्व क्षेत्रको उपाध्यक्षमा राजेन्द्र बहादुर अधिकारी, महासचिवमा जिवन कुमार श्रेष्ठ, सचिवद्धयमा देव कुमार श्रेष्ठ, लोकराज पौडेल (मधु), कोषाध्यक्षमा नारायण प्रसाद घिमिरे (रमेश), सहकोषाध्यक्षमा युवराज न्यौपाने रहनुभएको छ ।

 

 

 

 

 

यसैगरी विष्टको प्यानलकाबट सदस्यमा मनोज यादव, उम्केश्वर प्रसाद रौनियार (ओम), राम बहादुर कार्की, तुफान फारुक अंसारी, सुदिप रिमाल, दिलुमाया श्रेष्ठ, नवीन थापा, मदनराज कंसाकार, लोक बहादुर पोख्रेल (सानुदाई) रहनुभएको छ । संघकै अर्को प्यानल तर्फ अध्यक्षमा जगन्नाथ प्रसाद कलवारको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष हरिशरण अधिकारी, उत्तर उपाध्यक्ष माधवप्रसाद नेपाल, पुर्व तर्फको उपाध्यक्षमा प्रकाश महासेठ, दक्षिण तर्फको उपाध्यक्षमा विजय शर्मा, महासचिवमा अजुन प्रसाद अधिकारी, सचिवद्धयमा गोपाल सापकोटा र इद्रिस अलि, कोषाध्यक्षमा पेशलकुमार मुल्मी, सह कोषध्यक्षमा गौरव कुमार नेपाल रहनुभएको छ ।

 

 

 

 

 

यसैगरी सदस्यहरुमा अम्बिका प्रसाद चौधरी, मञ्जुर आलम सुरेन्द्र श्रेष्ठ, बिजय कुमार बर्मा, राजाराम पौडेल, बिजय रंञ्जितकार, राजुप्रसाद खरेल, रामकृष्ण श्रेष्ठ लगायत रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here