नरेश गुप्ता

बरियारपुर,

चोरी भएको मोटरसाइकलसहित एकजना मोटरसाइकल चोरलाई प्रहरीले शनिबार नियन्त्रणमा लिइएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ९ स्थित मोवाइल पसलमा रोकी राखेको ना १३ प ४९८३ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यलय निजगढले मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ तत्कालै प्रहरी नायब निरीक्षक संजय यादवको कमाण्डमा रहेको प्रहरी टोली खोजतलास गर्दै जादा पूर्वपश्चिम राजमार्गको धन्सर पुल नजिकैबाट उक्त नम्बरको चोरी भएको मोटरसाइकलसहित रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ३ सिमरी बस्ने योगबहादुर राना मगरको छोरा.वर्ष २५ को घंस मगर भन्ने छन्दबहादुर राना मगरलाई नियन्त्रणमा लिइएको हो । मगरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैइरहेको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here