बारा,सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो ।विशेष अदालतले उनीहरुलाई सफाई दिएको थियो । सर्वोच्च अदालतबाट निर्णय हुदा उनी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख थिए ।२०७० सालमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रहेका बेलामा उनीमाथि अनियमितता गरी मुद्दा मिलाएको भनी भ्रष्टाचारमुद्दा दायर भएको थियो ।बारा जिल्ला घर भएका यादव विशेष प्रहरीबाट सेवा प्रवेश गरी नेपाल प्रहरीको एसी बनेका थिए । उनले २०६३ साल जेष्ठबाट डेढ वर्षसम्म निजगढ इलाका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए ।


















