दुष्यन्त चौधरी
कलैया –  विश्व प्रसिद्ध पञ्च वर्षिय गढीमाई मेलाको आम्दानी घाटामा देखाउने षडयन्त्र भईरहेको जानकारी प्राप्त भएको छ । बिगतका दिनमा गढीमाईको मेला गढीमाई मन्दिर विकास संचालन समितिले लगाउदै आईरहेको थियो । तर स्थानीय सरकार हुना साथ यस वर्ष स्थानीय सरकार संचालन ऐनका अनुसार मेलाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहले नै प्रत्यक्ष रुपमा रहि निगरानी गर्दै मेला सम्पन्न गरेको हो । बाराका विभिन्न स्थानीय तहले पनि मेलालाई सम्पन्न गर्नको लागि आ– आफ्ना तर्फबाट आर्थिक देखि लिएर विभिन्न किसिमको सहयोग गरेका थिए ।

 

 

 

महागढीमाई नगरपालिकाले मात्र मेला सम्पन्न गर्नका लागि एक करोड भन्दा बढी लगानी गरको हो । मेलालाई सम्पन्न गर्नका निमित गैर सरकारी संस्था देखि लिएर विभिन्न सरकारी निकायहरुले सक्दो सहयोग गरेका थिए । मेला सम्पन्न गर्नका लागि चारैतिरबाट सहयोग प्राप्त भएतापनि मेलाको आम्दानी घाटामा देखाउन चलखेल भईरहेको एक श्रोत जनाए । गढीमाई मेला सकिए तापनि हास सम्म मेलाको हिसाब किताब पारदर्शीता नगर्नुको मुख्य कारण नै मेलाको आम्दानीलाई घाटामा देखाउनु नै हो ।

 

 

नगरपालिकाको अगुवाईमा मन्दिर संचालक समितिका पदाधिकारीहरुलाई लिई यस वर्ष मेला आयोजना भएको हो । समितिले मेला संचालन गर्न विभिन्न शिर्षकको ठेक्का पनि लगाएको थियो । समितिले मनोरंजन , जग्गा , भेटी, पार्किङ्ग , बली व्यवस्थापन समिति लगायतको शिर्षकमा ठेक्का लगाएको थियो ।

 

मेला अवधी भरी मेला हेर्न करिब एक करोड दर्शनार्थीहरु आएको मेला आयोजना समितिले जानकारी दिएको थियो । एक करोड आएका दर्शनार्थीहरुबाट करिब १७ लाख ६० हजार भेटी उठनु आफैमा असुहाउदो रहेको छ । त्यसैगरी मेला आयोजक समितिले अन्य मेला भन्दा बढी बली चढेको भनिरहदा समितिले जम्मा तिन हजार पाँच सय मात्र रांगा रहेको विवरण देखाउदै आईरहेका छन् । बलि दिन ल्याएको रांगा पाँच सयका दरले बिक्री गरी जम्मा १७ लाख ५० हजार संकल्न गरेको जनाएका छन् । तर श्रोतका अनुसार भाकल गरी ल्याएका रांगाहरु मेला आयोजक समितिले काठमान्डौमा बेचिएको बताए ।

 

मकर संक्रान्तीका बेला गढीमाई मेलामा भाकल गरी ल्याईएको एक सय एक वटा रांगा तिन हजारका दरले बिक्री बितरण गरको हो । त्यसैगरी मुल समिति र स्थानिय तहको सिफारिसमा यताउता सिमा नाकामा छरिएर रहेको २७ वटा रांगा संकलन गरी ल्याईको हो । संकलन गरी ल्याएको रांगालाई पनि बिक्रि बितरण गर्ने तयारीमा मुल समिती रहेको श्रोतले बताए । श्रोतका अनुसार स्थानीय रोशन अंसारीलाई रांगा संकलनको लागि सिमा नाकामा पठाईएको अवस्था रहेको छ ।

 

मकर सक्रान्तिमा लागेको मेलामा उडाएको परेवा बिक्री बितरण गर्न समेत भ्याए । परेवा बिक्रि वितरण गरेरमात्र छ लाख आम्दानी भएको मेला समितिले जानकारी दिए । पञ्च बर्षिय गढीमाई मेला २०७६ को आम्दानी र खर्छ बिवरण माघ १० गते सार्वजनिक गर्न भने पनि मुल समितीले माघ १८ गते सार्वजनिक गर्ने निर्णय गरिएको हो । तर श्रोतले दिएको जानकारी अनुसार मेलाको आम्दानीलाई घाटामा देखाउनको लागि बिभिन्न बिलहरु मिलान गर्न अझै बाकी रहेकाले सार्वजनीक गर्न नचाहेको बताए । अर्को तर्फ महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र (उपन ) यादवले निर्वाचनका बेला गरेको खर्च मेलाबाटै उठाउने योजना रहेकाले मेलाको हिसाब किताब सार्वजनीक गर्न ढिलाई गरीरहेको जनाए ।

 

बारा नागरीक समाजका अध्यक्ष उमेश लाल दासका अनुसार पञ्च वर्षिय गढीमाई मेलाको हिसाब किताब सार्वजनीक गर्नकार्यमा ढिलाई गर्नु नै आम सर्वसाधारणको चासोको विषय बनेको बताए । धार्मिक आस्थासँग जोडिएका मेलाको आय तथा वव्य विवरण पारदर्शी रुपमा गर्नुपर्ने मेला समितिको मुख्य दायित्व रहेको समेत सुनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here