पुष्पराज खतिवडा

मनहर्वा,आन्तरिक राजश्व कार्यालय सिमराको आयोजना बाराको डुमरवानमा एकदिने कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार डुमरवाना कलेजको सभाकक्षमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको समन्वयमा कर कार्यलय सिमराले कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रमको बारेमा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुहुँदै वर्तमान अवस्थामा करको दर, सहुलियत सुविधा र कानुनी कारबाहीको सम्बन्धमा करदाताहरुलाई सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रम गरिएको जानकारी दिनुभयो । कर तिर्ने सम्बन्धमा व्यवसायीका समस्या गुनासाको सम्बोधन, जरिवाना, छुट लगायतका विषयमा व्यसायीले अन्तरक्रियामार्फत लाभ लिने भएकोले कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ थियो ।डुमरवाना आसपासका करिब एक सयजना बढी व्यवसायी सहभागी भएको कार्यक्रममा कर कार्यालयका प्रमुख राजकुमार खतिवडाले कार्यालयमा दर्ता नगरी कुनै प्रकारको व्यवसाय गर्न नहुने बताउनुभयो । उहाँले कुनै पनि व्यवसाय दर्ता नगरि संचाल नगर्न र संचालित व्यवसायको समयमै कर तिर्न पनि आग्रह गर्नुभयो । ‘कर तिर्ने विषयलाई समस्या र बोझ मान्नु हुँदैन । राज्य संचालन गर्ने महत्वपूृर्ण श्रोत नै कर भएकाले बाध्यताले नभएर रहरले कर तिर्नु नागरिकको कर्तव्य हो ।’ उहाँले भन्नुभयो ।आर्थिक ऐन, २०७९ ले कोभिड महामारीका कारण कारोबारमा समस्या भइ कर बुझाउन बाँकी भएका व्यवसायीहरुलाई ५० देखि ७५ प्रतिशतसम्म करमा छुट दिएको जानकारी दिदै उहाँले पौष मसान्तसम्म यस्तो छुट सुविधा रहेको पनि बताउनुभयो । कर कार्यालय प्रमुख खतिवडाले छुट सुविधाको फाईदा लिन पनि व्यवसायीहरुसंग आग्रह गर्नुभयो ।कार्यक्रममा कर प्रमुख खतिवडा, कर अधिकृतहरु हृदयनारायण महतो र रामेश्वरकुमार मिश्रले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नगर उद्योग बाणिज्य संघ अध्यक्ष, उपाध्यक्ष लगायत संघका पदाधिकारीहरुको सभागिता रहेको थियो ।

Leave a Reply