नरेश गुप्ता
बरियारपुर,महिला हिंसा न्यूनीकरण सम्बन्धि ४ दिने सचेतनामूलक कार्यक्रम महागढीमाई नगरपालिका वडा नम्ब ७ स्थित तेलकुवामा बुधबार सम्पन्न भएको छ ।
महिला उत्थान तथा बिकास नेपाल महागढीमाई नगरपालिका वडा नम्बर १ को आयोजना तथा महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
महागढीमाई नगरपालिका ७ स्थित वडा कार्यलय तेलकुवा र श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय तेलगाईमा महिला हिंसा विरुद्धको अभियान संचालन गरिएको थियो ।
वडा अध्यक्ष रामजनमप्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १ सय २५ जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महिला हिंसा न्यूनीकरण गर्ने सम्बन्धमा सम्पुर्ण महिलाहरुलाई अगाडि बढन अभिप्रेरित गरिएको थियो । कार्यक्रममा हिंसा सहेर नबस्न र हिंसा अन्त गर्नको लागि सबै सरोकारवालाले ध्यान पुर्याउनु पर्नेमा जोड दिइएको थियो । गरिब र अशिक्षित परिवारमा नै महिला हिंसाका घटना सबैभन्दा बढी हुने गरेकोले समाजमा छोरीलाई शिक्षित बनाउनु पर्ने जानकारी गराइएको थियो ।
महिला उत्थान तथा बिकास नेपालका अध्यक्ष मन्चुन देवी साहको अध्यक्षतामा भएको कार्यक्रममा सावित्री जैसवाल, डा मुना कुशवाहाले प्रशिक्षण दिनु भएको थियो । सो अवसरमा महागढीमाई नगरपालिकाका योजना शाखा प्रमुख महेन्द्रप्रसाद कुशवाहा लगायत स्थानीयहरुको पनि सहभागिता रहेको थियो ।