रौतहट,राजपुर बम काण्डका आरोपी पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा अदालतले साक्षी झिकाउन आदेश दिएको छ ।जिल्ला अदालत रौतहट गौरका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दामा साक्षी झिकाउन आइतवार आदेश दिएको हो ।

आलमविरुद्धको मुद्दामा आइतवार प्रतिवादीको तर्फबाट अधिवक्ता लालबाबु राय, महम्द साबिर हुसेन, मजरुल हक, अफताब आलमले बहस गरेका थिए । त्यस्तै वादीको तर्फबाट भने अधिवक्ता पुष्प पौडेल र जिल्ला न्यायधिवक्ता बद्रीकुमार कार्कीले बहस गरेका थिए ।

१८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो ।२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलममाथि छ। आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् ।

Leave a Reply