सिकिन्द्र साह
सिम्रौनगढ,बारा जिल्लाको पचरौता नगरपालिकाको आठौं हिउँदे नगर सभा शुक्रवार सम्पन्न भएको छ ।
नगर प्रमुख रमेशकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले संविधान तथा ऐन अनुसार निर्वाचनद्वारा स्थापित नगर पालिकाका जनप्रतिनिधिहरुले पचरौतामा २ वटा माध्यमिक विद्यालय संचालनमा ल्याएको र बेल्दारीमा रहेको विद्यालयमा १२ कोठ भवन निर्माण गरिनुको साथै ७ वटा विद्यालयमा सिसी क्यामरा पनि जडान गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाभित्रका विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने किशोरीहरुलाई साइकल वितरण गरिएको बाजोपट्टी, गुलरिया, पकडिया, बलधुसवा, कुडवाका विद्यालयहरुमा कम्पाउण्ड निर्माण गरिएको र विद्यालयका गरिब, जेहेन्दार तथा दलित छात्र छात्रालाई छात्रवृत्ति वितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो । त्यसैगरी नगरपालिकामा ४ वटा बर्थीङ सेन्टर सन्चालनमा ल्याइएको र १५ सैयाको नगर आस्पतालको भवन निर्माण भइरहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले.कर्मचारीहरुको नियमितता र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन कार्यालयहरुमा डिजिटल हाजरी जडानको थालनी गुरेको, स्वास्थ, शिक्षा र सडकमा लगानी बढाएर आफूहरु सुन्दर पचरौता नगरपालिका बनाउने अभियानमा लागिपरेको मेयर यादवको भनाइ थियो ।
सभामा प्रमुख प्रसाकीय अधिकृत श्यामप्रसाद यादव, स्वास्थ्य शाखा संयोजक, नवल यादव, वडा अध्यक्ष मनोज यादव, गौरी शंकर साह, सर्वजित राय यादव, कन्हैया यादव, मधु देबी कलवारिन, समाजसेवी अखिलेस यादव, अवधभुषन यादवलगायत जनप्रतिनिधि तथा सन्चारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन प्रमोदप्रसाद यादवले गर्नु भएको थियो ।