सदनमा निकै खोजी भएपछि आइतबार प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभाको बैठकमा उपस्थित हुनुभयो । धेरैले उहाँलाई आजको बैठकमा उपस्थित हुनुलाई आश्चार्यको रुपमा पनि हेरे यद्यपि सांसदहरुले खोजे जसरी नै उहाँ सदनमा उपस्थित हुनुभयो र केही कुुरा राख्नुभयो ।

गत चैतमा प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेन शाहको यो पहिलो संबोधन भनेपनि हुन्छ । उहाँ बोल्नु भएकै छैन । नबोलेको भनेर उहाँको एकथरिले आलोचना गरेको पनि सुनिन्छ यद्यपि आइतबार उहाँ सदनमा उपस्थित भएर केही कुरा गर्नुभयो ।
उहाँले गरेका सबै कुराको भन्दा पनि नेपाल भारतको सीमा विषयको कुरा भने अलिक अनौठो र अलिक कुटनीतिक मर्यादा विपरितको हो कि भनेर विश्लेषण गरिएको छ ।
भारतले सीमा मिच्यो भनेर धेरै बहस हुन्छ र केहीले भारतलाई यो विषयमा गम्भीर आरोप पनि लगाउने गर्दछन् तर बालेन शाहले भने नेपालले भारतको सीमा मिचेको देख्नुभएको रहिछ । अब त्यस्तो सीमा नेपालले कसरी कहाँ मिचेको छ, यो जवाफ दिनुपर्ने भयो ।
त्यत्ति मात्र होइन, नेपालको सर्बोच्च जनप्रतिनिधिको संस्थामा उभिएर नेपालले वा आफूले नै भारतको सीमा मिचेको कुरा गरेपछि शालेन शाहले नेपालले अतिक्रमण गरेको भारतीय भूमि फिर्ता गर्नुपर्दछ ।
भारतलाई खुसी पार्न वा कसैको बहकाबमा यो भनेको भए फरक कुरा नत्र यसको निकै ठूलो अर्थ राख्छ र यो कुरा प्रधानमन्त्रीले तत्काल नेपालीलाई बताएर भारतलाई भूमि फिर्ता गर्नु पर्दछ । देशको प्रधानमन्त्रीले बोलेको कुराको निकै ठूलो अर्थ रहनेछ गर्छ ।
















