अहिले नेपालको राजनीति अलि बढी माओवादीको अध्यक्षप्रति केन्द्रित छ । हुन त अहिले माओवादी प्रतिपक्षमा छ तैपनि माओवादीभित्र उठान भएको एउटा विषयबस्तु भने निकै पेचिलो छ र वास्तवमा सान्दर्भिक पनि छ । कुनै पनि एक व्यक्तिले आफू जिवित रहदासम्म पार्टीको नेतृत्व गर्ने सोच बनाउछ वा गरिरहन्छ भने त्यो पार्टी अधिनायकवाद हुन्छ र पार्टीमा नेतृत्वको विकास हुदै सक्दैन । नेपालको सवालमा माओवादी मात्र होइन साना पार्टी भनिएका जनमोर्चा होस् वा ठूलो पार्टी एमाले, काग्रेस नै किन नहोस् ।
 काँग्रेस, एमाले त हालै अधिवेशनबाट चयन भएर आएका हुनाले अहिले नै उनीहरुका पार्टीका अध्यक्ष वा सभापतिका विषयमा बहस गर्दा अलि नमिल्दा खैर त्यहाँ पनि बहस त जारी छ नै तर माओवादीभित्रको बहसले भने एक खालको सन्देश दिन खोजिरहेको छ । भोलि जनार्दन शर्मा पनि बुढो हुनु नै पर्दछ तर पार्टीमा पुस्ता हस्तान्तरणको कुरा उठ्नु स्वभाविक हो र यो आवश्यक पनि छ । अब यो बहस हरेक पार्टीका उठ्न जरुरी छ । एक वा दुई वा बढीमा तीन कार्यकाल पार्टीको नेतृत्वमा पुगेपछि जो कोहीले पनि नयाँ पुस्तालाई अवसर दिनुपर्दछ तर नेपालको सन्दर्भमा यस्तो देखिदैन । जो पदमा पुग्यो, उसले छाड्न मानेको पटक्कै देखिदैन । त्यसैले पनि अब यो बहस माओवादीमा मात्र होइन हरेक पार्टीका हुन आवश्यक छ र माओवादीमा उठाइएको विषय जायज पनि छ र आवश्यक पनि छ ।

Leave a Reply