कलैया,बाराको कलैया उपमहानगरपालिकाले इन्धन खर्चमा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंहले आज एक सूचना जारी गर्दै इन्धन आयातमा देखिएको समस्या र मूल्यवृद्धिका कारण नगर प्रमुख विनोद साहको आदेशअनुसार इन्धन खर्चमा ५० प्रतिशत कटौती गर्ने निर्णय गरिएको जानकारी दिनुभएको हो ।
सूचनाअनुसार अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अतिआवश्यक सेवा तथा फिल्डमा खटिने कर्मचारीबाहेक अन्यलाई इन्धन उपलब्ध नगराइने उल्लेख गरिएको छ ।साथै, फिल्ड प्रयोजनका लागि पनि पहिलेको तुलनामा ५० प्रतिशत खर्च कटौती हुने गरी मात्र इन्धन उपलब्ध गराइने जनाइएको छ ।



















