निजगढ,नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यावसायी महासंघको बारा जिल्ला भेला शुक्रवार निजगढमा सम्पन्न भएको छ ।भेलाले बैधनाथप्रसद यादवको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अर्जुन प्रसाईं कमरुल होदा अंसारी, सचीवमा भरत खडका, सहसचिवमा बच्चु जैसवाल, कोषाध्यक्षमा रामबाबु रौनियार र सदस्यहरुमा दिनबन्दु साह, गणेश साह ठकुरी, सुनिल यादव, मन्जुर अंसारी, पारस यादव, उपेन्द्र चौधरी, रामबाबु साह रौनियार, शिवशंकर केशरी, बलरामप्रसाद चौधरी, राजेन्द्र सहनी, राजकिशोर सहनी चयन भएकाछन ।एमाले पार्टी पोलिटव्यूरो सदस्य ज्वाला साहको प्रमुख आतिथ्यतामा भएको सो भेलामा बिशिष्ट अतिथिहरुमा एमाले मधेस प्रदेश कमिटी सहसचिव आरती भण्डारी, प्रदेश कमिटी सदस्य डुण्डिराज उप्रेती, बारा जिल्ला पार्टी उपाध्यक्ष टिना सुवेदी, महासंघका प्रदेश सचिव अरुण यादव, सहसचिव कुमार पोखरेल, युवा संघ केन्द्रीय सदस्य तिलक घलान, इराज कोइरालालगायतको उपस्थिति रहेको थियो । निजगढ उद्योग बाणिज्य संघका उपाध्यक्ष गोरखबहादुर खडकाको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

Leave a Reply