रञ्जन यादब

सिमरा,प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराले बुधवार जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।जनपक्षीय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले हालै सम्पन्न १९ औँ साधारणसभाको निणर्य अनुसार जिल्ला समन्वय शाखाले स्थानीय तहका नगर प्रमुख र जिल्ला प्रशासन कार्यालयमा ध्यानकार्षण पत्र बुझाउँने कार्यक्रम तय गरेको थियो ।प्रेस सेन्टर नेपाल बारा समन्वय समितिका अध्यक्ष रञ्जन यादबको नेतृत्वमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय पुगेको टोलीले नगर प्रमुख पौडेललाई ध्यानकर्षण पत्र बुझाएको हो ।देशैभरि रहेका तीनै तहका सरकार प्रमुखहरूलाई बुधवार ध्यानाकर्षण पत्र बुझाइएको छ । संगठको केन्द्रीय समितिको तर्फबाट पेस गरिएको पत्र बुझ्दै नगर प्रमुख पौडेलले प्रेस सम्बद्ध मागहरुप्रति जीतपुरसिमरा उपमहानगरपािलका गम्भीर रहेको बताउनुभयो ।प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, साना लगानीका स्वरोजगार मिडियाको संरक्षण, समानुपातिक विज्ञापन नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा उपमहानगरपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो । प्रेस सेन्टरले खेलेको भुमिकाको प्रशंसा गर्दै नगर प्रमुख पौडेलले असल कार्यको प्रचार र विकृति ,बिसङ्गति विरुद्ध खबरदारी गर्न अनुरोध गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here