सबैलाई थाहा छ, हात्ती जंगली जनावर हो । तर पनि हात्तीलाई समेत मानिसले आफ्नो बसमा ल्याएर बिभिन्न क्षेत्रमा यसको प्रयोग गरिरहेका छन् । हात्तीलाई समेत नियन्त्रणमा ल्याएर मानिसले आफ्नो स्वार्थ अनुसार प्रयोग गरेपछि हात्तीले पनि मानिसको खेदो खन्न थालेको छ । जंगली हात्तीका कारण धेरै तराई मधेश क्षेत्रका नागरिकहरुले ज्यान गुमाउनु परेको छ । जंगलसंग सीमा जोडिएका बस्तीका नागरिकहरुले जंगली हात्तीकै कारण बिभिन्न तनाब समेत झेल्न परेको छ ।

पछिल्लो समय बाराको निजगढ क्षेत्रका नागकिहरुले समस्या झेल्न परेको छ । दुई दिनयता बस्तीमा देखा परेको हात्तीले स्थानीयको घर भत्काउने र अन्नबाली समेत खाएर नष्ट पारको छ ।

निजगढ क्षेत्रका नागरिकहरुले झेल्न परेको समस्या जस्तै जंगल आसपासको क्षेत्रका नागरिकहरुहरुले वषौंदेखि झेल्दै आइरहेका छन् । हात्ती र मानव बीचको द्वन्दका कारण भौतिक र मानवीय दुबै क्षति हुदै आइरहेको छ । हात्तीले मानव बस्तीमा आएर आतंक मच्चाउनुको कारण त यसै पनि स्पष्ट छ । वास्तवमा हात्ती बस्तीमा पसेको हो कि मानिस चाही हात्तीको बास स्थानमा बसेको हो भन्ने प्रश्न पनि विचारणीय छ ।

राज्यले पनि हात्ती पीडितहरुका लागि चाहेर पनि केही गरेको देखिदैन । अहिले त स्थानीय सरकारहरु छन् । उनीहरु आफैले पनि समन्वय गरेर यस विषयमा नीति तथा कार्यक्रम तर्जुमा गर्न सक्छन् । यतातिर उनीहरुको ध्यान गएको देखिदैन । उनीहरुले नीति कार्यक्रममा केही समावेश गराएका पनि छैनन् । त्यसैले पनि हात्तीको आतंकमा स्थानीयहरु पीडित हुदै आएका छन भने सरकार रमिते बनेको छ ।

Leave a Reply