हेटौडा,सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदको टिकट नेकपा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामाले पाएकी छन् । शनिबार महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउन बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकले उक्त निर्णय गरेको हो ।

लामा हेटौंडा उपमहानगरपालिकाकी बहालवाला उपमेयर हुन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालिन नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गर्नुभएको थियो ।

उहाँले २३ हजार ४३७ मतसहित चुनाव जित्नुभएको थियो भने माओवादी केन्द्रका बलले १७ हजार ११ मत पाउनुभएको थियो । आगामी बैशाख ३० गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनले हेटौंडाको मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेसले पाउने गरी भागबण्डा गरेको थियो ।

एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीको गत शनिबार बसेको बैठकले हेटौंडाको मेयर पदका लागि उपमेयर लामासहित एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको नाम सिफारिस गरेको थियो । लामाले शुक्रबार उपमेयर पदबाट राजीनामा दिनुभएको थियो । उहाँले मेयर हरिबहादुर महतसमक्ष राजीनामा दिएकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here