कोल्हबी,बाराको कोल्हबी नगरपालिका वडा नम्बर– १० वडाध्यक्षमा नेपाली कांग्रेसका उम्‍मेदवार कुञ्जविहारी चौधरी निर्वाचित हुनुभएको छ ।

कञ्जविहारी चौधरीले ७६ मतले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रञ्जित चौधरीलाई हराउनु भएको हो ।

कञ्जविहारीले ९८७ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी रञ्जितले ९११ मत पाएका छन् ।

Leave a Reply