वीरगञ्ज,वीरगञ्जमा बालेन शाह नेतृत्वको सरकारप्रति समर्थन जनाउँदै मोटरसाइकल ¥याली निकालिएको छ ।
स्थानीय समाजसेवी तेज शमशेर जबराको नेतृत्वमा विकास, सुशासन र पारदर्शिताको पक्षमा आवाज उठाउँदै सयौँ युवाहरूको सहभागितामा ¥याली निकालिएको हो । वीरगञ्जको पावरहाउस चोकबाट सुरु भएको सो ¥याली घण्टाघर, माइस्थान, आदर्शनगर र अलखियामठ हुँदै पुनः घण्टाघरसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा युवा तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले वर्तमान सरकारका काम सकारात्मक रहेको भन्दै समर्थनमा नाराबाजी गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै जबराले सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको उल्लेख गर्दै सकारात्मक परिवर्तनका संकेत देखिन थालेको उल्लेख गर्नुभयो । उहाँले राम्रो कामको खुलेर समर्थन गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।

त्यस्तै कार्यक्रमका सहजीकरणकर्ता जावेद इकबाल हैदरले युवाहरूको सक्रिय सहभागितालाई परिवर्तनको सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै विकास र समृद्धिको यात्रामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।नगर प्रमुख राजन पौडेलको निर्देशनमा लागू गरिएको यो व्यवस्था अनुसार अब पाठ्यक्रम परिवर्तन वा अन्य अपरिहार्य कारणबाहेक पुस्तक परिवर्तन गर्न पाइने छैन । यदि परिवर्तन आवश्यक परेमा त्यसको ठोस कारणसहित उपमहानगरपालिकाबाट अनिवार्य स्वीकृति लिनुपर्नेछ ।
निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा महाशाखामार्फत नियमित अनुगमनलाई तीव्र बनाइने जनाइएको छ । अनुगमनका क्रममा निर्देश उल्लंघन गर्ने विद्यालयमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।उपमहानगरको यो निर्णयले अभिभावकहरूको आर्थिक भार घटाउने, शैक्षिक क्षेत्रमा अनावश्यक खर्च नियन्त्रण गर्ने र पाठ्यपुस्तकमा एकरूपता कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । स्थानीय अभिभावक संजय यादवले यस कदमको स्वागत गर्दै यसले शिक्षामा अनुशासन र पारदर्शिता बढाउने विश्वास व्यक्त गर्नुभयो ।


















