रौतहट २० भदौ । रौतहट जिल्लाको सीमाबर्ती क्षेत्रमा अहिले बच्चा चोरी गर्ने गिरोहको सक्रियता बढेको छ ।
दुई दिनमा नेपाल भारत सीमा संग जोडिएको गाउ नेपालमा अपरिचित व्यक्तिहरू नबालक बच्चालाइ प्रलोभन दिएर खाने कुरा खुवाउदै गर्दा पक्राउ परेको घटना सार्वजानिक भएपछि बच्चा चोर सक्रीय भएको पुस्टि भएको हो ।
शनिवार रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ८ मा सानो बच्चालाइ प्रलोभन दिएको विस्कुट खुवाएर चोरी गर्ने प्रयास गर्दा एकजना पुरुष पक्राउ परेका थिए । उ महिलाको भेषभुषामा बच्चा चोरी गर्दै गरेको क्रममा पुरुष फेला परेको थियो
पक्राउ परेका उक्त अधबैंशे पुरुष भारतीय नागरिक भएकोले हिन्दी तथा बंगाली भाषा बोलने गरेको स्थानीयहरुले जनाएको छ ।
यस्तै आज सोमबार रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरीबाट एक जना अपरिचित महिलाहरुलाई स्थानीय हरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन ।
पक्राउ परेकी महिला बोलन नसकिने अवस्थामा रहेको प्रहरी चौकी लक्ष्मीपुर बेलबीछबाका इंचार्ज ज्याउल हकले जनाएको छ । लाटो किसिमको देखिने उक्त महिलालाइ स्थानियहरुले नियंत्रणमा लिएर प्रहरीको जिम्मा लगाएकोले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गौरमा पठाइएको छ ।
घरबाट आउंदै गरेको एक सात वर्षिय बच्चालाई बिस्कुट दिने प्रलोभनमा उठाएर लग्दै गरेको क्रममा स्थानीय गाउंलेहरुले बच्चालाई चिनेपछी खोजबिन गर्दा चोरी गरेर लैजादै गरेको प्रमाण फेला परेपछी बच्चालाई सकुशल अभिभावकको जिम्मा लगाउंदै बच्चा चोरलाई कुटपिट गर्दै गाउंलेहरुले प्रहरीलाई बुझाएको थियो ।
गौर देखि नजिकै रहेको भारत विहार राज्यको बैरगनिया थाना अंतर्गतको मसहा नरोत्तम गाउमा पनि एक महिलाले बच्चालाइ नशालु पदार्थ खुवाएर मोटर साइकलमा लिएर भाग्दै गरेको अवस्थामा स्थानीयहरुले नियंत्रणमा लिन प्रयास गर्दा बच्चा छोडेर भएका हुन ।
नाबालक बच्चा चोरी गर्ने गिरोह रौतहटको सिमाबर्ती इलाकामा सक्रीय भएको देखिदा चिन्ताको विषय बनेको छ । विद्यालयमा अध्यन गर्ने तथा गाउ घरमा खेलने नबालक बच्चाको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको अवस्थामा सुरक्षा व्यवस्था कडा बनाउने पर्ने स्थानीयहरुको मांग रहेको छ ।


















