निजगढ,संसदीय समितिले निजढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तत्काल अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ।प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बिहिवार पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई बोलाएर छलफल गरी विमानस्थल निर्माण कार्य शीघ्र अघि बढाउन निर्देशन दिएको हो।
‘राष्ट्रिय महत्त्व सुरक्षा र आर्थिक विकासका दृष्टिबाट अत्यावश्यक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शीघ्र अघि बढाउन नेपाल सरकार र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने,’ समितिले गरेको १० बुँदे निर्णयको ७औं नम्बरमा भनिएको छ।पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा गठित समितिले विमानस्थल निर्माणको मोडालिटीसहित गत वैशाख ९ गते तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङलाई प्रतिवेदन बुझाएको थियो।
समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र निजगढ विमानस्थल निर्माणलाई एउटै परियोजनाको रुपमा अगाडि बढाउन सुझाव दिएको छ।तर समितिको प्रतिवेदनमा अहिलेसम्म कुनै प्रगति भएको छैन।
















