निजगढ,बाराको निजगढ १३ डम्बरपुरमा जारी फुटबल प्रतियोगितामाअन्तर्गत बुधवार भएको खेलमा निजगढ ५ को न्यू जनजागृति फुटबल क्लबले सिद्धबाबा फुटबल क्लब अमलेखगंजलाई पराजित गरेको छ ।न्यू जनजागृति सिद्धबाबा अमलेखगञ्जलाई ३÷० पराजित गरेको हो । जितसंगै जनजागृति प्रतियोगिताको क्वाटरफाईनलमा उक्लिएको छ । जनजागृतिको लागि ससिस थापाले खेल ४० औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तैगरी ६३औं मिनेटमा साजन गौतम र ८० औं मिनेटमा योगेश सापकोटा (मेस्सी) ले समान एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित पारेका थिए ।
जनजागृतिले अब सेमिफाइनल यात्राको लागि ग्रामीण विकास कोलगाऊँ एफसीसंग प्रतिस्पर्धा गर्ने छ ।खेलको म्यान अफ द म्याच जनजागृतिका गोल रक्षक विवस तिमल्सिना घोषित भए । म्यान अफ दि म्याच तिमल्सिनालाई निजगढ १३ स्थित श्री भगवती आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुकान्छा पाख्रिनले ट्रफी प्रदान गर्नुभएको थियो ।
त्यस्तै बिहीवार निजगढ ११ को पानीट्यङ्की रतनपुर र योङ्ग ब्बाइज चपुरबीच दिनको ३ बजे प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजक समितिका सचिव जीवन पाख्रिनले जानकारी दिनुभएको छ ।



















