रौतहट,रौतहटमा निषेधाज्ञाको पालना गराउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । शनिबार बिहान दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ पंचरुखी चोकस्थित मत्सरी बजारमा निषेधाज्ञा पालना गराउने क्रममा पुगेको प्रहरीसंग स्थानीयको झडप भएको हो । निषेधाज्ञामा पनि काम बिना चलेका सवारी बन्द गराउन अनुरोध गर्दा आक्रोसित बनेका स्थानीयसंग प्रहरीको झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

स्थानीय कृष्णकुमार झा र उनका छोरा रघुनन्दन झाले निषेधाज्ञा परिपालना नगर्दा झडप भएको हो । मास्क समेत नलगाइ स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी बिना पास अत्यावश्यक काम बिना भारतीय नम्बर प्लेटको बिआर ३० टि हिरो सुपर मोटरसाईकल चलाइ हिंडडुल गरेको अवस्थामा ड्युटीमा रहेका प्रहरीले सो सवारी साधन रोकी सम्झाइबुुझाइ गर्दा उल्टै प्रहरीलाई नै गालीगलौज तथा अभद्र व्यवहार गरी हातपात समेत गरेकोले प्रहरी जनाएको छ । झालाई तत्काल नियन्त्रणमा लिन प्रहरीले सामान्य वल प्रयोग गरेकोमा निज रघुनन्दन झाले स्थानीय व्यक्तिहरु जम्मा गराइ प्रहरीमाथि ढुंगामुढा गराएको र प्रहरीको पिक अप र मोटरसाइकलमा समेत क्षति भएको जनाइएको छ । झडमा परेर झा सामान्य घाइते बनेका छन ।

घाइते भइ प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपरामा उपचार गर्न गएका रघुनन्दन झालाई थप उपचारको लागि प्रहरीले नै जीपमा राखेर जिल्ला अस्पताल रौतहट ल्याएर उपचार गराइएको प्रहरीको भनाइ रहेको छ । झा उपचार पश्चात जिल्ला अस्पताल रौतहटबाट डिस्चार्ज भइ घर फर्किएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here