वीरगन्ज,उधारो खाएको रकम नदिएको आक्रोसमा पसलवालाको आक्रमणले एक युवकको ज्यान गएको छ ।सखुवा प्रसौनी गाउँपालिका वडा नं। १ सथवल निवासी २४ बर्षिय उमेश ठाकुरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आक्रमण गर्ने पर्साको पटेर्वा सुगौली गाउँपालिकाको रंगपुर टाडी निवासी ३० बर्षिय आनन्द दास थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।थारुको आक्रमणले गम्भिर घाइते भएका मृतक ठाकुरलाई मंसिर २४ गते बुधबार वीरगंजस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममै अस्पताल मै शनिबार विहान ११ बजे ठाकुरको मृत्यु भएको उनको आफन्त शुभनारायण ठाकुरले वताए ।उनका अनुसार मृतक ठाकुर केही समय पहिला रंगपुर टाडीस्थित रहेको थारुको नास्ता पसलमा उधारो खाएका थिए । सोही उधारो रकम नदिएको आक्रोशमा थारुले मोफलरले गला समाएर घाइते बनाएका थिए । उपचार कै क्रममा ३ दिन पछि मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमपछि आफन्तहरुले बुझेर लगेका छन् ।