अहिले नेपालीहरुको भान्छा महँगो हुदै गइरहेको छ । त्यसो त अब यस्तै अवस्था रहने हो भने केही दिनमा सार्वजनिक यातयातको भाडा पनि बढ्ने छ र इन्धनबाट चल्ने सवारी साधनहरु सडकमा कमै चल्नेछन् ।
लडाई त अमेरिका र इरानकाबीचमा भइरहेको छ तर तनाब भने नेपालमा मात्र होइन बिश्वभर नै छ । विशेषतः अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पका कारण पनि बिश्वले दुःख पाइरहेको छ । इरान भन्ने देशले पनि कमी कमजोरी गरेको होला यसो भन्दैमा अर्काको देशमा आक्रमण गरेर युद्धको घोषणा गर्ने कुरा टम्पको बद्मासी नै हो ।

तर, अमेरिका बिश्वको सबैभन्दा शक्तिशाली देश, उसको अगाडि बोल्ने हिम्मत कसको हुने र ? नेपाल जस्ता देशको त हिसाव नै हुदैन यदि विरोध गर्ने हो भने भेनेजुयला जस्तो नहोला पनि भन्न सकिन्न । तर, गलत गरेको कुरा गलत नै भन्न सक्नु पर्दछ । ठीकठाक चलिरहेको बिश्वको आर्थिक अवस्था टम्पका कारण तहसनहस भएको छ । भान्छा निकै महँगो भएको छ । दैनिकी कष्टकर बन्दै गइरहेको छ ।

यसैमा सोमबार ट्रम्पले पाँच दिनका लागि युद्ध बिराम गरेको कुरा आएको छ तर यसमा इरानले सहमति जनाएको छैन । ट्रम्पले नै शुरु गरेको यो युद्ध उनैले अन्त्य गर्न आवश्यक छ । यो सर्त त्यो सर्तभन्दा पनि शान्ति कसरी हुन्छ त्यसमा संझौता हुन आवश्यक छ । इरानको लगभग सबै सकाएको दाबी गर्ने ट्रम्प तत्कालको लागि पछाडि हटेको जस्तो पनि देखिन्छ । अब जे भएपनि उनले स्थायी शान्तिका बाटो लिनु पर्दछ लडाइको होइन ।

 

Leave a Reply