नरेश गुप्ता
बरियारपुर,जात र धर्म ढाटेर मुस्लिम युवतिसंग बिवाहा गर्न खोज्ने एक युवकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले रौतहट जिल्ला कटहरिया नगरपालिका वडा नम्बर ६ बलिरामपुर निवासी वर्ष २८ का संतोष ठाकुर हजामलाई नियन्त्रणमा लिएर कारबाही शुरु गरेको हो । हजामले आफु पनि मुस्लिम समुदायकै युवक भएको भन्दै बाराको परवानिपुरस्थित एक मुस्लिम युवतीसंग बिवाह गर्न खोजेपछि नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।
परवानिपुर गाउँपालिका वडा नम्बर ३ निवासी समासद आलमको नातामा फूपू पर्ने सलिमा खातुनको छोरी सलमा खातुनसंग बिवाह गर्न भन्दै दाइजोसमेत लिएर फरार भएका हजामलाई भाद्र ४ गते प्रहरीले पक्राउ गरेको हो ।
मुस्लिम समुदायकी युवतिसंग बिवाहाको कुरा गर्न हजाम आफै केटी पक्षको परवानिपुरस्थित घरमा पुगेका थिए । उनले मुस्लिम समुदायको पहिचान देखाउन नक्कली आईडी समेत बनाएका थिए । आफुलाई ईन्जिनियर बताउदै केटी पक्षका अभिभावकहरुलाई पनि फसाउन सफल हजाम दाइजोमा नगद लिएर फरार भएपछि केटी पक्षकाले नै खोजतलास गरि पक्राउ गरिएको समसाद आलमले बताउनुभयो । उनले अन्यत्र पनि यसरी नै ठगी गरेको हुन सक्ने बताइएको छ ।
बिवाहाको नाटक गरेर ठगी गर्ने हजाममाथि मुलुकी अपराध सहिता ऐन २०७४ को दफा ११८ बमोजिम हदैसम्मको कारबाही हुने प्रहरीले बताएको छ ।