राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार काठमाडौंमा आफ्नो मन्तव्य राख्नेक्रममा बोलेको धेरै कुराको सामाजिक संजालमा अहिले बहस भइरहेको छ ।
सभापति रवि लामिछाने अब यो देशको शक्तिशाली पार्टीका सभापति हुनुुहुन्छ । अब छिट्टै नै उहाँको पार्टीले एकल सरकार बनाउदैछ र आवश्यक केही संबिधान समेत संशोधन गर्ने जनादेश समेत यो पार्टीले प्राप्त गरेको छ । यो पार्टीले अब के गर्ला भन्ने प्रश्नकाबीचमा बुधबार बोलेका रविले लगभग सबै नेपालीहरुको मन जितेको देखिन्छ । प्रायः सबैले वाहा ः रवि भनेको सुनिएकै छ ।
रवि लामिछाने प्रहरी हिराशतमा लामै समय बसेको व्यक्ति पनि हो । मुख्यत ः सहकारी ठगीको सवालमा रविमाथि अहिले पनि देशभरको कतिपय अदालतमा मुद्दा बिचाराधिन छ र यो अवस्थामा उहाँको पार्टीले चुनावमा लगभग दुई तिहाई नै ल्याएको छ । जनताले रविले कम्तीमा भ्रष्टचार गरेको भन्ने कुरा चैं मतमार्फत पत्याएनन् । जनमत यसरी आएपछि रवि जनमतको हिसावले निर्दोष भन्न सकिएला तर अदालतले छिनोफानो गर्न बाँकी नै छ ।
लामो समय जेलमा बस्न पर्दा रविमा अझैपनि कही कतै कुण्ठा होला भन्ने पनि धेरैले सोचेका थिए तर रविको भाषणले ती सबै कुरा खारेज मात्र गरिदिएन अब रास्वपा भनेर कम आँकलन गर्ने ठाउँ नै रहेन ।
निकै शालिन र सभ्य भनाइले नेपालीहरुको मन रविले जितेकै देखिन्छ अब काम कसरी अगाडि बढ्छ त्यसका लागि भने समय कुरौं । सांच्चै रविले भने जसरी काम गर्ने हो भने पाँच वर्षपछि देशमा प्रतिपक्ष नहुन पनि सक्छ है ।
















