नरेश गुप्ता
बरियारपुर,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यही चैत्र २५ गते कलैया आउने कार्यक्रम तय भएको छ ।
नेकपा एकीकृत समाजवादी बारा जिल्ला सचिवालय बैठकको निर्णय बमोजिम स्थानीय तहको चुनाव लक्षित प्रशिक्षणमा कार्यक्रम सहभागी हुन अध्यक्ष नेपाल कलैया आउन लाग्नुभएको अनेरास्ववियु केन्द्रीय सद्स्य ईमरान आलमले जानकारी दिनुभयो ।
नेकपा एकीकृत समाजवादीको बाराका अध्यक्ष सुन्दर बिश्वकर्माको अध्यक्षतामा बसेको सचिवालय बैठकले चैत्र २५ गते पार्टीका राष्ट्रिय अध्यक्ष नेपालको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण आयोजना गर्न लागिएको हो ।
एकीकृत समाजवादीको आइतवार सम्पन्न बैठले स्थानीय चुनाव रणनीति तय गर्नुका साथै जिल्लामा बाँकी रहेका वडा र पालिका कमिटी निर्माण र विस्तार लगायत जिल्लाको समसामायिक विषयमा छलफल गरी विभिन्न निर्णय गरिएको जिल्ला सचिव बिक्रम ठाकुरले जानकारी दिनुभयो ।