काठमाडौं । चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म **‘हामी तीन भाइ’**ले प्रचारप्रसारलाई तीव्र बनाएको छ। निर्माण टिमले पोस्टर र टिजर सार्वजनिक गरेपछि अब नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ सार्वजनिक गर्दै दर्शकमाझ थप उत्साह सिर्जना गरेको छ।

शुक्रबार OSR Digital को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत लोकलयमा आधारित छ। गीतमा साप शक्तिअस्मिता अधिकारी को स्वर रहेको छ भने संगीत पनि साप शक्तिकै रहेको छ। गीतका शब्द सुवलमणि सापकोटा ले लेखेका हुन् भने संगीत संयोजन महाराज थापा ले गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार फलित राई, जाहान्वी बस्नेत, कुशल बिष्टआश्मा गिरी को आकर्षक नृत्य देख्न सकिन्छ। ग्रामीण परिवेश र नेपाली मौलिकतालाई झल्काउने दृश्यहरूले गीतलाई अझ जीवन्त बनाएको छ।

प्रसिद्धि सिने आर्ट्स प्रालि को ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक मधुसूदन भट्टराई हुन्। कमेडी तथा सामाजिक कथामा आधारित यस फिल्ममा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई मुख्य भूमिकामा छन्।

फिल्ममा लक्ष्मी वर्देवा, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ, शुष्मा निरौला तथा यादव देवकोटा (सरापे) लगायत कलाकारहरूको अभिनय रहेको छ।

फिल्मका निर्माता त्रिरत्न श्रेष्ठमनोज श्रेष्ठ हुन् भने कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका हुन्। छायांकन शिव ढकाल ले गरेका छन् भने सम्पादन बनिश शाह को रहेको छ। फिल्ममा संगीत साप शक्ति र बाबुल गिरी को रहेको छ।

फिल्मलाई नेशनल सिने ग्रुप प्रालि ले वितरण गर्नेछ भने डिजिटल पार्टनरका रूपमा OSR Digital रहेको छ।

Leave a Reply