राजन कुमार बानिया
पर्सा ८ असार,पर्साको धोबिनी गाउँपालिकाको सहयोग र सौन्दर्य डेभलपमेन्ट एन्ड स्किल प्रालिको आयोजनामा बेमौसमी तरकारी खेती १५ दिने तालिम शनिवार तालिम सम्पन्न भएको छ ।धोबिनी गाउँपालिका वडा नम्बर ४ लंगडीमा रहेको श्री कालीप्रसाद लाखे माध्यमिक विद्यालय लंगडीमा संचालन भएको तालिम शनिवार सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा वड़ा अध्यक्ष अबास मिया, सामाजिक विकास शाखा प्रमुख, जितेन्द्रप्रसाद चौहान, दिनेश कलवार, मदन सहनी, कमल ठाकुर, धुरुप साह, प्रमज्ययोति देवी लगायतको सहभागीता रहेको थियो ।सो तरकारी खेती तालिममा ४० जना पुरुष किसानहरुको सहभागिता रहेको थियो । तालिममा सुदिपप्रसाद चौरसियाले सहभागीहरुलाई बेमौसमी तरकारी खेती सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

















