सिमरा,सिम्रौनगढ नगरपालिका ५ मा सोमबार राति दुई वटा भारतीय नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सिम्रौनगढबाट कलैयातर्फ आउँदै गरेको बीआर०५एए ८४४४ र बीआर३०भी ४६३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनामा परी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका ५ निवासी ४५ वर्षीय सुरेन्द्र महतोको मृत्यु भएको हो। दुर्घटना लगतै महतोलाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पु¥याइएको थियो। अस्पतालमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको बारा प्रहरीले जनाएको छ ।

दुर्घटनामा महतो सवार ८४४४ नम्बरको मोटरसाइकलका चालक सिम्रौनगढ ५ का ३५ वर्षीय दिलिपकुमार पटेल, ४६३७ नम्बरको मोटरसाइकल चालक रौतहट राजपुर नगरपालिका ४ अकोलवाका २२ वर्षीय राजा साह र राजपुर ९ बैरीयाका १५ वर्षीय भरतकुमार साह घाइते भएका छन् । घाइतेको कलैयास्थित अस्पतालमा उपचार भइरहेको छ ।















