निजगढ,बाराको निजगढ– १० लालमा आयोजना हुने चौँथों ल्होछार कप नकआउट फुटबल प्रतियोगिता– २०८२ को खेल तालिका सार्वजनिक गरिएको छ ।“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन हुने प्रतियोगिता माघ ७ गतेदेखि माघ १७ गतेसम्म आयोजना हुने आयोजक योङ स्टार क्लबका अध्यक्ष आशिक लामाले जानकारी दिनुभयो ।सार्वजनिक भएको खेल तालिकाअनुसार प्रतियोगिताको ‘ए’ समूहमा रतनपुर युनाइटेड क्लब (बारा), पसाही युवा स्पोट्र्स (पर्सा), एभरेस्ट एकेडेमी (सर्लाही), युनाइटेड युवा क्लब (महोत्तरी), आयोजक (निलो) र निजगढ फुटबल क्लब रहेका छन ।त्यसैगरी समूह ‘बी’ मा हरिपुर युनाइटेड क्लब (सर्लाही), हेटौडा फुटबल एकेडेमी (मकवानपुर), आयोजक (पहेंलो), मरीन स्पोट्र्स क्लब (सिन्धुली), चिडियाडाँह स्टार क्लब (रौतहट) र निजगढ सिटी क्लब (बारा) रहेका छन् ।

Leave a Reply