निजगढ,निजगढ नगरपालिका कार्यालयले नगरका दलित विद्यार्थीहरुको लागि निःशुल्क कम्प्युटर शिक्षा तालिम प्रदान गर्ने भएको छ ।नगरपालिका कार्यालयले हिजो एउटा सूचना निकालेर सहभागी हुन चाहने दलित विद्यार्थीहरुलाई ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्ने आग्रह गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले हस्ताक्षर गरेर निकालेको सो सूचनामा निजगढ नगरपालिकाभित्र स्थायी रुपमा बसोबास गरी न्यूनतम १० कक्षा उत्तीर्ण गरेका वा सोभन्दा माथि अध्ययन गरेका दलित विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा सम्बन्धी आधारभूत तालिम प्रदान गर्ने कार्यक्रम रहेको हुँदा इच्छुक तथा योग्य विद्यार्थीहरुले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र नगर कार्यपालिकाको कार्यालय निजगढको प्रशासन शाखामा निवेदनसहित आवेदन पेश गर्नुहुन भनिएको छ ।कार्यालयमा प्राप्त आवेदनहरुबाट आवश्यक मापदण्डका आधारमा सहभागीहरु छनौट गरिने पनि सूचनामा जनाइएको छ । निवेदकले पासपोर्ट साइजको २ प्रति फोटोसहित नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि (कक्षा १० वा सोभन्दा माथि) पेस गर्नुपर्ने जनाएको छ ।त्यसैगरी सूचनामा निवेदनकले स्थायी बसोबास खुल्ने कागजात (बसाइसराई गरि आएकाहरुको हकमा बसाइसराई प्रमाणपत्रको प्रतिलिपि अनिवार्य) र दलित समुदायको भएको प्रमाणित कागजातसमेत पेस गर्नुपर्ने जनाइएको छ ।

Leave a Reply