निजगढ,दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको बुुधवार भएको क्वाटर फाईनल खेलमा वडा नम्बर ९ र १० को टोली विजयी बनेको छ ।वडा नम्बर ९ ले वडा नम्बर ३ को टोलीलाई १÷० गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफको ९औं मिनेटमा प्रिन्स खड्काले गरेको एकमात्र जितको लागि गोल नैं निर्णायक बनेको थियो ।
आजको खेलको म्यान अफ दि म्याच उत्कृष्ट डिफेन्स आनन्द कुुमर घोषित भए । उनलाई वडा अध्यक्ष रामचन्द्र कटुवाल लगायत वडा सदस्यहरुले संयुुक्त रुपमा रेग्मी ट्रफी प्रदान गरे ।
त्यसैगरी दोस्रो खेलमा वडा नम्बर १ लाई पाराजित गर्दै वडा नम्बर १० को टोली विजयी बनेको छ । प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयमा वडा नम्बर १० ले वडा नम्बर १ लाई १÷० ले पराजित गरेको हो ।

निर्धारित समयमा दुबै टोलीले गोलरहित बराबरी खेलेपछि अतिरिक्त समयमा धकेलिएको सो खेलको दोस्रो मिनेटमा विजय वाइवाले वडा नम्बर १० लाई विजयी तुल्याएका थिए । सो खेलको म्यान अफ दि म्याच पनि वाइवा नैं घोषित भए । उनलाई स्व. विकल रेग्मीका आमा कमला रेग्मी र निजगढ नगर खेलकुुद विकास समितिका सदस्य एंव प्रशिक्षक धनबहादुर लामाले संयुुक्त रुपमा ट्रफी प्रदान गरेका थिए ।

आजको दुबै खेलमा मुुख्य रेफ्री लिलाम्बर चौधरी र रियाजुल स्लाम, सहायक रेफ्री राजुु चौधरी, फोर्थ अफिसियल नीलकमल चौधरी रहेका थिए । बिहीवार हुुने पहिलो सेमीफाईनल खेलमा वडा नम्बर ७ र ९ र दोस्रो खेल वडा नम्बर १० र १३ का बिच दिउसो ३ बजे निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा हुुने आयोजनकले जनाएको छ ।
फाटो पनि छ ।

Leave a Reply