नेपालका एकजना वैज्ञानिकका विषयमा एक खालको टिप्पणी पनि हुने गर्दछ । राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक महावीर पुनको विषयमा हुने टिप्पणीले वास्तवमा देशमा केही होस् भन्नेहरुका लागि खल्लो बनाइदिने गर्दछ ।आविष्कार केन्द्रमा सीमित श्रोत साधन छ, जनशक्ति छ तैपनि काम गरिरहेको छ, यो केन्द्रले । सरकारले नै यस्ता केन्द्रहरुको स्थापना गर्नुपर्नेमा निजी क्षेत्रबाट गठन भएका यिनीहरुको संरक्षणमा पनि सरकारको चासो छैन ।

वीरगञ्जमा कामै नलाग्ने अवस्थामा पुगिसकेको कृषि औजार कारखानालाई यो केन्द्रले आफूले लिएपछि अहिले केन्द्रले बिभिन्न सामग्रीहरु बनाएको छ । सरकारले आफूले गर्नुपर्ने काम महावीर पुनले गर्दा समेत उहाँलाई कताकता असहयोग गरेको गुनासो स्वयम् पुनले नै गर्दै आइरहेको पनि सुनिन्छ । अहिले पुनले जिम्मा लिएपछि आविष्कार केन्द्रले कारखनामा १४ प्रकारका सामग्रीहरु बनाएको छ । जुन कृषि सामग्री नेपालीहरुले नै खपत गर्ने हो ।
विदेशबाट कृषिका सामग्रीहरु आयात गर्नुको सट्टा स्वदेशकै कृषि सामग्री प्रयोग गर्न पाए कृषकहरुका लागि सहज हुनेछ । सरकारले बरु यो केन्द्रलाई कहाँ केमा राहत वा अनुदान दिन सक्छ यो विषयमा नीति बनाउन आवश्यक छ । सरकारले बजेट पनि सार्वजनिक गर्र्दैछ हुन त अब बजेट अन्तिम चरणमा होला तैपनि यो केन्द्रका लागि पनि केही रकम छुट्टाएको खण्डमा यसलाई पनि राहत हुने छ अनि बिस्तारै केन्द्रै पनि आत्मनिर्भर बन्नेछ ।

















