नेपाल कृषि प्रधान देश हो । यहाँका नागरिकहरु कृषि पेशमा नै आधारित छन् । यसो भनिरहदा यो कुरा पुरानो जस्तो पनि लाग्छ किनभने यो त विद्यालय स्तरको पाठ्यपुस्तमा वषौंदेखि पढ्दै आएको पनि हो । तर नेपालमा शासन सत्तामा रहेकाहरुले नेपाल कृषि प्रधान देश भएको कुरा बिर्सिएका छन् । उनीहरुले कृषिलाई कहिल्यै प्राथमिकता बनाएका छैनन् ।
जसका कारण कृषकहरु समस्यामा पर्ने गरेका छन् । कृषकहरु मारमा पर्दै आइहेका पनि छन् । सीजनमा केही नपाउने समस्याबाट कृषकहरु प्रभावित हुदै आइरहेका छन् । अब धान भित्राएका कृषकहरुले गहँु लगायतका हिउँदे बालीहरु लगाउछन् । यसको तयारी पनि गर्दैछन् ।
तर, सरकारले कृषकहरुका लागि आवश्यक पर्ने मलको सहज आपूर्ति मिलाउन सकेको छैन । त्यसैका कारणले पनि उत्पादनमा गिरावट आएको छ । सरकार भनेको अहिले घरघरमा छ । कम्तीमा यस्तो बिषयमा पनि स्थानीय सरकारहरु गम्भीर बन्न आवश्यक छ र कृषकहरुको सवालमा एउटा ठोस नीति बनाउन आवश्यक छ ।