रौतहट, ११ गते असोज ।
अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रौतहटमा ४ लाख १५ हजार ४ सय ५५ जना मतदाताले भाग लिने निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा पुरुष २ लाख २७ हजार २ सय २९ जना, महिला १ लाख ८८ हजार २ सय २५ र अन्य १ जना गरि कुल ४ लाख १५ हजार ४ सय ५५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिएका छन् । रौतहटमा २ सय ७६ मतदान स्थल र ५ सय २३ मतदान केन्द्रको व्यवस्था गरिएको प्रमुख दासले बताए । रौतहटको निर्वाचन क्षेत्र नम्बर १ (क) मा पुरुष २८ हजार ३ सय ३५ र महिला २३ हजार ४ सय ५४ जना गरी ५१ हजार ७ सय ८९ जना रहेको छ भने, क्षेत्र नम्बर १ (ख) मा पुरुष २८ हजार २ सय ९४ जना, महिला २२ हजार ३ सय ५३ गरी क्षेत्र नम्बर १ (ख) मा ५० हजार ६ सय ४७ जना गरी क्षेत्र नम्बर १ मा कुल १ लाख २ हजार ४ सय ३६ मतदाताहरूका लागि ६७ मतदान स्थल र १ सय २६ मतदान केन्द्र रहेको छ ।
त्यसैगरी रौतहटको निर्वाचन क्षेत्र नम्बर २ (क) मा पुरुष २९ हजार २ सय ४३ र महिला २२ हजार ४ सय ३२ जना गरी जम्मा ५१ हजार ६ सय ७५ जना रहेको छ भने, क्षेत्र नम्बर २ (ख) मा पुरुष २७ हजार १ सय २९ जना, महिला २१ हजार ९ सय १२ गरी क्षेत्र नम्बर २ मा क्षेत्र नम्बर २ (ख) मा ४९ हजार ४१ जना गरी कुल १ लाख ७ सय १६ मतदाताहरूका लागि ७२ मतदान स्थल, १ सय २८ मतदान केन्द्र तोकिएको छ । यस्तै रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ (क) मा पुरुष २८ हजार ३ सय ८५ र महिला २४ हजार ४ सय ४९ जना गरी जम्मा ५२ हजार ८ सय ३४ जना रहेको छ भने, क्षेत्र नम्बर ३ (ख) मा पुरुष २८ हजार ६ सय ७९ जना, महिला २२ हजार ७ सय ७६ जना र अन्य १ जना गरी क्षेत्र नम्बर ३ मा (ख) मा ५१ हजार ४ सय ५६ जना गरी कुल १ लाख ४ हजार २ सय ८९ मतदाताहरूका लागि ७६ मतदान स्थल र १ सय ३७ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ (क) मा पुरुष ३१ हजार ३ सय २९ र महिला २९ हजार ७ सय १७ जना गरी जम्मा ६१ हजार ४६ जना रहेको छ भने, क्षेत्र नम्बर ४ (ख) मा पुरुष २५ हजार ८ सय ३५ जना र महिला २१ हजार १ सय ३२ गरी क्षेत्र नम्बर ४ (ख) मा ४६ हजार ९ सय ६७ जना गरी कुल १ लाख ८० हजार २३ जना मतदाताहरूका लागि ६१ मतदान स्थल र १ सय ३२ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय गौर रौतहटले जनाएका छन् ।



















