यसो केही भयो भने वीरगञ्जमा हिन्दु र मुस्लिम समुदायकाबीचमा तनाब भयो भनेर प्रचार गर्ने गरिन्छ । दुई पक्षीयका बीचमा सामान्य विवाद भएपछि ठूलै घटना हुन लाग्यो कि भनेर डराउनु पर्ने अवस्था सृजना भएको छ । हुन त देशमा चुनावको महौल छ । यस्तोमा सरकार पनि सचेत हुनुस्वभाविक नै हो । सरकार सचेत भयो भने समाजमा अपराध कम होलान् र अमनचयन पनि समाजमा हुनेछ । सायद स्थानीय प्रशासनले यही कुराको आँकलन गरेर सोमबार दिनभर जसो वीरगञ्जमा कफ्यू लगायो । झट्ट हेर्दा वीरगञ्जमा कफ्यू लगाउनुपर्ने अवस्था थिएन तैपनि लगाइयो ।
र, परिणाम भनेको समाजमा शान्ति स्थापना गर्ने नै हो र भयो पनि । यदि स्थानीय प्रशासनले यो केही होइन भनेको भए फेरि अन्य केही पो भइहाल्थ्यो कि ? जसले समाजमा फेरि समस्या सृजना पनि गर्न सक्थ्यो । यस्तोमा प्रशासनले चालेको कदमलाई राम्रो नै मान्नुपर्दछ । कफ्यूका कारण वीरगञ्जवासीलाई सास्ती त भयो नै तर समाजमा अमनचयन कायम भयो ।
केही स्वार्थी समूहले यस्तोमा फाइदा लिने प्रयास पनि गर्दछन् । हिन्दु र मुस्लिमबीच वीरगञ्जमा वषौंदेखिको संगैको बसोबास र सम्बन्ध निकै बलियो छ तरपनि बेला बेलामा यसमा केही फाटो ल्याएर समाजमा अपराध गर्न सकिन्छ कि भनेर प्रयास हुन्छ ।
आइतबार पनि यस्तै अभ्यास भयो तर त्यो सफल भएन । सद्भाव कायम राखने विषयमा समाजका हरेक व्यक्ति सचेत हुनु पर्दछ । यसो भएको खण्डमा गलत हुदैन अनि समाजमा अमनचयन पनि बिग्रदैन ।

Leave a Reply