नेपालको धेरै सवारी दुर्घटना हुने अनि धेरै मानिसहरुको ज्यान जाने स्थानको रुपमा पर्छ– बारा र मकवानपुरको सीमा नजिकको चुरियामाई क्षेत्र ।बितेको दुई वर्षको अवधिको सामान्य समीक्षा गर्ने हो भनेपनि यो स्थानमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या झण्डै एक सयको हाराहारीमा पुगेको छ ।यो बाटो यात्रा नगर्ने मध्य तराईका नागरिकहरु त कमै छन् नै साथमा छिमेकी देश भारतका नागरिकहरु पनि यही सडकको प्रयोग गर्ने गर्दछन् । उनीहरुलाई पनि यो सडकको दुराअवस्थाका विषयमा जानकारी पक्कै पनि छ ।साँघुरो बाटो अनि सवारीको अत्याधिक चापसंगै ट्राफिक नियमको समेत ख्याल नगरिदिँदा यो क्षेत्रमा अत्याधिक सवारी दुर्घटना हुने गरेको कुरा त पटक पटक सार्वजनिक भएकै छन् ।त्यसो त बाराका अन्य स्थानहरुमा पनि सवारी दुर्घटना हुन्छ नै । यस क्षेत्रमा भएका सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले अभियान संचालन गरेको छ ।वास्तवमा सवारी दुुर्घटनासंग ट्राफिक नै जोडएको हुन्छ ।ट्राफिकको लापरबाहीले होस् वा ट्राफिक नियमको पालना नगरेर होस् सवारी दुर्घटना त हुने गरेकै छन् ।बारामा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि संचालन गरेको अभियानले अब बारा क्षेत्रका लोकमार्गहरुमा सवारी दुर्घटनामा कमी आउने बिश्वास लिन सकिन्छ ।ट्राफिकको यो अभियानललाई सबैले साथ दिन पनि आवश्यक छ । सबैको साथ सहयोग भएको खण्डमा मात्रै दुर्घटनामा कमी ल्याउन सकिनेछ, ट्राफिक प्रहरीको यो कदम भने सहनीय छ ।

Leave a Reply