नरेश गुप्ता

बरियारपुर,प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ स्थित हरिहरपुरबाट २ लाख ९६ हजार नक्कली नेपाली रुपैयासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटेको प्रहरी टोलीले हरिहरपुरबाट दक्षिणतर्फ जाँदै गरेको ना २५ प १९७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा नेपाली जाली रुपैयासहित रौतहट जिल्ला मौलापुर निवासी किशोरी साहलाई मंगलवार साँझ नियन्त्रणमा लिइएको हो ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर २ स्थित हरिहरपुरबाट दक्षिण भारतीय सिमातर्फ जाँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा साहको साथबाट २ लाख ९६ हजार नेपाली जाली रुपैया बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेको साहलाई आवश्यक कारबाहीको लागि लागि जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here