कलैया,नेकपा एमालेले बाराका ४ वटै निर्वाचन क्षेत्रबाट दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने २९ प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ । एमालेले आइतबार क्षेत्र नम्बर ३, ४ र दलित कोटामा सहमतिमा प्रतिनिधि चुनेको हो ।
नेकपा एमाले बारा जिल्ला प्रचार विभाग प्रमुख मनोज चौधरीका अनुसार क्षेत्र नम्बर ३ बाट रविन्द्र दास श्रेष्ठ, विनोद साह, अध्यानन्द पाण्डे, अशोक लामा, प्रतीमा मैनाली र तुलसा मैनाली र क्षेत्र नम्बर ४ बाट देवनारायण चौधरी, मनोज पौडेल, सोचन यादब, मोविन आलम, भरत घले, उमेश कुशवाहा, ध्रुव यादव, कमला घिमिरे, सरस्वति चौधरी, र सुगन्धी देवी साहलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
यसअघि क्षेत्र नम्बर १ बाट एकबहादुर श्रेष्ठ, महेन्द्र जैसवाल, केवलप्रसाद चौधरी, त्रिलोकी चौधरी, अन्जु नेपाली, ज्ञानु केसी र गणेश लामा र क्षेत्र नम्बर २ बाट मखन पासवान, चन्द्रदेव चौधरी, सुरेश यादव, बन्दना सिंह शनिबार नै सहमतिमा चुनिइसक्नु भएको थियो । त्यसैगरी आइतबार नै दलित कोटातर्फबाट रामनाथ बैठा र लक्ष्मी नेपाली पनि सहमतिमा महाधिवेशन प्रतिनिधि चुनिनु भएको छ ।एमालेले आउँदो मंसिर १०, ११ र १२ गते चितवनमा दशौँ राष्ट्रिय महाधिवेशन गर्दैछ ।