हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले गाउँमै नमुना रुपमा बेमौसमी तरकारी खेती गर्नु भएको छ । घर नजिकैको १३ कठ्ठा जमिनमा तरकारी र फूलखेती समेत उहाँले गर्नुभएको हो । आफ्नो र भाडामा लिएको जमिन समेतमा एग्रीनेट हाउसको निर्माण गरेर व्यवस्थीत रुपमा भिडे खुर्सानी, धनियाँ, रायोको साग, फर्सि र फूल खेती समेत अहिले गर्नु भएको छ ।
हेटौंडामानै नमुना रुपमा गरिएको तरकारी खेती हेर्न आउनेसंगै व्यवस्थित ढंगले व्यावसायीक रुपमा तरकारी उत्पादन गर्नका लागि सवैका लागि सिकाइ समेत भएको छ । वडा अध्यक्ष घलानले गरेको तरकारी खेतीको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मिना कुमारी लामाले अवलोकन समेत गर्नु भएको छ । यसरी व्यावसायीक रुपमा मेहनत गर्ने किसानका लागि स्थानीय सरकारले सदैव सहयोग गर्ने मेयर महतले वताउनुभयो । सवैले निर्वाहमुखी खेती भन्दा पनि व्यावसायीक खेतीमा जोड दिन उहाँले आग्रह समेत गर्नुभएको छ ।
आफ्ना खेतबारी बाझो राखेर विदेश पलाएन हुने भन्दा पनि घरमै वसेर खेती गरेमा राम्रो आमदानी लिन सकिने उपमेयर लामाले वताउनुभयो । व्यावसायीक रुपमख तरकारी खेती गर्न एग्रीनेट हाउस निर्माण गर्नका लागि बागमती प्रदेस सरकार अन्तरगतको कन्दमुल तरकारी विकास केन्द्र सिंधुलीले २१ लख ७५ हजार रुपैयाँ अनुदान समेत दिएको वडाअध्यक्ष ललित घलान वताउनुहुन्छ ।
फूलखेतीबाट चर्चामा आउनुभएका उहाँ अहिले भने बेमौसमी तरकारी खेतीमा जोड दिएको वताउनुहुन्छ । उहाँले बार्षिक १२ लाख रुपैयाँ आमदानी गर्ने लक्षका साथ काम गरेको वताउनुहुन्छ । विभीन्न समयमा गोलभेडा, काउली, वन्दा लगायतका तरकारी खेती पनि गर्दै आउनुभएको छ ।