निजगढ,पन्जियार मुनेश्वर, सुखल कल्याणकारी ट्रष्टले बिहीवार कोल्हबी नगरपालिकाको प्रर्सौना बजारमा रक्तदान र जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेको छ ।ट्रष्टको प्रथम साधारण सभाको अवसर पारेर आयोजना गरिएको रक्तदानमा ४० जनाले रगत दान गरेका थिए । कार्यक्रममा जेष्ठ नागरिकहरू कोल्हबी नगरपालिका वडा नम्बर ६ का ललवतिया थरूनी, फिर्ती थरूनी, पसपतिया थरूनी, बालकेशिया थरूनी, खेदिया मुसहर्नी र धरनी देवी थरूनी लाई दोसाला ओढाएर सम्मान गरिएको हो ।मधेस प्रदेश सभा सदस्य त्रिलोकीप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा कोल्हवी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरी, कोल्हबी वडा नम्बर ५ र ६ का वडा अध्यक्ष, अधिवक्ता देवबहादुर चौधरी, थारू कल्याणकारणरी सभाका जिल्ला सभापति, नेकपा एमाले कोल्हबी नगर कमिटीका अध्यक्ष पुरनदेव चौधरी, ईलाका प्रशासन कार्यालय कोल्हबीका प्रमुख लगायत स्थानीयको सहभागिता रहको थियो । ट्रष्टका अध्यक्ष पलटप्रसाद चौधरी थारूको सभापतित्वमा कार्यक्रम भएको हो ।

Leave a Reply