काठमाडौं,नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ मनोनीत हुनुभएको छ ।
स्रोतका अनुसार पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनीत गरिएको हो । ‘अस्ति १८ र १९ गते बसेको पदाधिकारी बैठकले उहाँलाई उपाध्यक्ष मनोनीत गरिएको हो’, स्रोतले भनेको छ ।दुई कार्यकाल उपराष्ट्रपति बनेका पुन केही समयदेखि माओवादीको बैठकहरुमा सहभागी हुने गर्नुभएको थियो । उहाँलाई उत्पादन क्षेत्रमा काम गर्नेगरी जिम्मेवारी समेत दिइएको छ ।



















