फागुन २१ को चुनाव आउनका लागि अब धेरै दिन बाँकी छैन । देश लगभग चुनावमय भएको छ भन्दा पनि फरक पर्दैन ।देशभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा अहिले उम्मेदवारहरु मत माग्नका लागि घरदैलोमा दौडिएको देखिएको छ । यो भनेको देश चुनावमय भएको भन्न सकिन्छ । अब खास कुनै आपत आएन भने २१ पmागुनको चुनाव रोकिने संभावना छैन । अब चुनाव रोक्न पर्ने कारण पनि छैन । चुनावका लागि दल सहित मतदाता पनि मानसिक रुपमा तयारी अवस्थामा रहेको देखिएको छ ।
तर, यस्तैमा केही राजनीतिक दलमा भने समस्या देखिएको छ । एकले अर्काको अस्तित्व नै स्वीकार्न कठिन भएको जसरी अहिले केही ठाउँमा समस्या देखिएको छ । मुख्यतः नयाँ पार्टी भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी र पुरानो दल भनिएको नेकपा एमालेका बीचमा भने समस्या देखिएको छ । चुनाव हो, जनताले पत्याए चुनाव जित्ने हो । दलमा आवेग र उत्तेजना आउनु ठीक होइन । यसले कसैलाई हित गर्दैैन ।
यस्तो अपमान र घृणाको राजनीति कसैले नगरौं । वास्तवमा यसले फाइदा भन्दा घाटा नै छ । को ठीक र को खराब भन्ने कुराको छानबिन गर्ने मुख्य शक्ति त जनता छदै छन् । जनताको बीचमा गएर आफ्नो कुरा राख्ने अधिकार संबिधानले नै दिएको छ । यस्तोमा कसैको अपमान गर्न पर्देन । आफ्नो एजेण्डा जनतामा लैजाउँ, मत मागौं अनि जितेपछि शासन गरौं हारे फेरि अर्को पल्टका लागि मेहनेत गरौं तर एक अर्काको इज्जत भने गरौं ।















