कुनै पनि जघन्य अपराधमा माफी भन्ने कुरा हुँदैन । यसका लागि त कानुनी कारबाही भोग्नु नै पर्दछ ।
पर्साका एक युवकले पनि आफूले गरेको अपराधको कर्म जेलमा बसेर भोगिरहेको नै थियो । अपराध गरेपछि त्यसको कर्मको फल त उसले जेलमा बसेर भोगिरहेको थियो । जेलमा रहेकै बेला ऊ बिरामी भएपछि नारायणी अस्पताल वीरगञ्जमा उपचारका लागि ल्याइयो । उपचारका लागि ल्याउनु स्वभाविक पनि होला तर उपचारकै क्रममा मृत्यु हन्छ भने त्यसको जिम्मेवारी कसले लिने मुख्य प्रश्न यो हो । वीरगञ्ज जेलका रहेका व्यक्ति राहुल साह भन्ने बिरामी भए र उपका लागि अस्पताल लगियोर मृत्यु भयो ।
सामान्यतया उपचारका लागि अस्पताल लगिसकेपछि उसको मृत्यु कसरी हुन्छ ? यो त डाक्टरहरुले बताउने कुरा होला नै तैपिन अस्पतालमा पुगेको व्यक्ति जो भएपनि बचाउन पर्ने थियो तर बचेन । नारायणी अस्पतालको सवालमा यो कुरा धेरै आउने गर्दछ । लगभग ठीकठाक रहेको व्यक्ति पनि नारायणी अस्पतालमा पुुगेपछि फर्कने वा नफर्कनेमा द्विविधा हुन्छ भन्ने आरोप लाग्छ र घटनाक्रमले पनि यस्तै देखाउन । यस्ता विषयमा अस्पताल सचेत बन्न आवश्यक छ ।
अब राहुलका विषयमा जे भयो अब भइ नै हाल्यो भन्नुभन्दा पनि स्थानीय प्रशासनले बनाएको छानबिन समितिले राम्रोसंग कामा गर्न जरुरी छ । सत्य कुरा बाहिर आउनुपर्दछ । प्रहरीको कमजोरी बढी जस्तो देखिन्छ, यो विषयमा पनि प्रहरीलाई जोगाउनभन्दा पनि यस्ता घटना फेरि दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्न आवश्यक छ । एउटा पक्षलाई जोगाउनेभन्दा फेरि अर्को यस्ता घटना नहोस् यस्तैमा समिति गम्भीर बनोस् ।














