निजगढ,नेकपा एमालेबाट बारा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अच्युतप्रसाद मैनालीले आज पनि निजगढमा चुनावी घरदैलो गर्नुभएको छ ।गत बुधवारबाट घरदैलो शुरु गर्नुभएका उम्मेदवार मैनालीले आज निजगढ नगरपालिका ५ का विभिन्न टोलहरुमा चुनावी घरदैलो गर्नुभएको हो । घरदैलो कार्यक्रममा एमाले समानुपातिक उम्मेदवार अञ्जु नेपाली, नेता पुरुषोत्तम पौडेललगायत नगर र स्थानीय कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सो क्रममा उम्मेदवार मैनालीलाई स्थानीय बासिन्दाले गाउँगाउँमा अविर, माला लगाएर स्वागत गरेका थिए । सो क्रममा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार मैनालीले पार्टीको आगामी नीति, विकासका एजेन्डा र प्रतिबद्धताहरूबारे जानकारी गराउनुभएको थियो ।नेकपा एमाले निजगढ निर्वाचन परिचालन कमिटीका संयोजक सुदर्शनप्रसाद कोइरालाका अनुसार एमालेले भोलि पनि निजगढ नगरपालिका वडा नम्बर ४ मा घरदैलो गर्ने कार्यक्रम गर्ने छ ।




















