देशभरका स्थानीय तहमा अब आजबाट निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम शुरु हुदैछ । निर्वाचन आयोगले त्यसका लागि प्रशिक्षण पनि गरिसकेको जानकारी दिएको छ । हुनत मतदाता शिक्षा कायएक्रम झट्ट हेर्दा सामान्य जस्तै पनि लाग्छ । भोट हाल्न कसलाई आउदैन होला र जस्तो पनि लाग्न सक्छ तर कुरा फरक छ । भर्खरै सकिएको राष्ट्रिय सभाको चुनावमा समेत मत बदर भएको छ । मत बदर हुनुहुदैन ।

मत बदर नगर्ने विषयमा निर्वाचन आयोगले लगानी गरेको पनि देखिन्छ र एउटा भोटको पनि उम्मेदवाररुलाई ठूलो महत्व हुने गर्दछ ।एउटा भोटको पनि जीत र हार हुन सक्छ । यदि मत बदर भयो भने त्यसको हिसाव हुदैन । त्यो भोट त्यसै खेर जाने हो । त्यसैले पनि स्वयम् मतदाता पनि सचेत हुन आवश्यक छ । कम्तीमा मतदाता शिक्षा कार्यक्रम संचालनका समयमा मतदाता पनि सचेत हुनुपर्ने र शिक्षकहरुले बुझाएको कुरा राम्रोसंग बुझ्न पनि जरुरी छ । पढे लेखका वा बुझेकाहरुलाई त यो समस्या नहोला तर केहीलाई यो आवश्यक छ ।

राजनीतिक दलका उम्मेदवार र स्वयम् दलहरुले पनि निर्वाचन आयोगको यो अभियानलाई साथ दिन आवश्यक छ । किनभने मत बदर भयो भने त्यसको सिधा असर उम्मेदवारहरुलाई नै पर्ने हो । त्यसले कसैले आफ्नो अमुल्य मत बदर नगरौं वा हुनबाट जोगाऔं । तराई मधेसमा अझै बढी यो समस्या भएकाले बढी यो अभियानमा साथ दिन आवश्यक देखिन्छ । मद बदर नहोस्, नगरौं । यसतर्फ सबै सचेत बनौं ।

 

Leave a Reply